शहरी क्षेत्रमा बढ्दो वायु प्रदूषण र यसले जनस्वास्थ्यमा पारेको विकराल असरलाई ध्यानमा राख्दै सरकारले सवारी उत्सर्जन मापदण्डमा कडाइ गरेको छ।
मस्यौदा निर्देशिका अनुसार अब आयात, उत्पादन वा जडान हुने सवारी साधनले कम्तीमा ‘युरो ४’ वा सोभन्दा माथिको प्रदूषण उत्सर्जन मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
यद्यपि, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिधै ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरिसकेको छ।
अहिले नेपालमा गुड्ने धेरैजसो सवारी साधनहरू युरो ४ र युरो ५ मापदण्डका छन्।
नयाँ निर्देशिका पूर्ण रूपमा लागू भएपछि न्यून गुणस्तरका र धेरै धुवाँ फाल्ने गाडीहरूको आयातमा पूर्ण प्रतिबन्ध लाग्नेछ, जसले वातावरणीय सुधारमा ठूलो मद्दत पुर्याउनेछ।