खाडी क्षेत्रमा जारी तनावका कारण जापानी गाडी उत्पादक कम्पनी टोयोटाको निर्यात व्यापारमा ठूलो धक्का लागेको छ।
विशेष गरी जापानबाट खाडी मुलुकतर्फ हुने टोयोटाको निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशत जतिले घटेर केवल २,४१८ युनिटमा सीमित भएको छ।
निर्यातसँगै अप्रिल महिनामा टोयोटाको विश्वव्यापी बिक्री पनि ३.१ प्रतिशतले घटेर ८ लाख ४९ हजार ३०६ सवारी साधनमा झरेको छ, जुन लगातार तेस्रो महिनाको गिरावट हो।
विदेशी बजारहरू र विशेष गरी अमेरिकामा बिक्री घटे पनि जापानभित्रको घरेलु बजारमा भने टोयोटाको बिक्री २४.२ प्रतिशतले बढेको पाइएको छ।
बिक्री घटे पनि कम्पनीको विश्वव्यापी उत्पादन भने २ प्रतिशतले बढेर ८ लाख ३१ हजार ९७१ युनिट पुगेको छ, जुन अप्रिल महिनाकै लागि ऐतिहासिक रेकर्ड हो।