पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले जेठ १० गते नयाँ बजारस्थित आफ्नै सचिवालयमा एक विशेष कार्यक्रम गर्दै आफ्नो २१औं वार्षिक उत्सव भव्य रूपमा मनाएको छ।
वार्षिकोत्सवको अवसरमा संस्थाको स्थापना कालदेखि योगदान पुर्याउने सम्पूर्ण संस्थापक तथा पूर्व अध्यक्षहरूलाई विशेष सम्मान गरिएको छ।
एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले अटोमोबाइल क्षेत्रको विकास र संस्थागत सुदृढीकरणमा पूर्व नेतृत्वले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उनीहरूको योगदानको उच्च कदर गर्नुभयो।
वर्तमान कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरू तथा सदस्यहरूको उत्साहजनक उपस्थितिमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको महासचिव विनय थापाले जानकारी दिनुभयो।
२१ वर्ष पार गरेको सुखद अवसरमा एसोसिएसनले संस्थालाई निरन्तर सहयोग गर्ने सम्पूर्ण सरोकारवाला, अटो व्यवसायी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ।