TVS को Distributor जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता युनिराइड अटोको आयोजनामा ललितपुरको बाईक मेकानिक्सहरुलाई युनिराइडको सर्भिस सेन्टरमा आयोजित कार्यक्रममा करिब १०० जना अटो मेकानिक्सहरु भेला गरि टिभिएसको बारेमा जानकारी प्रदान गरेको छ ।
कार्यक्रममा आजबात सुरु भएको टिभिएस एक्सचेञ्ज मेलाको स्किम सार्वजनिक गर्दै TVS का सवारी साधनहरुको बारेमा समेत जान्कारी दिइएको थियो ।
उक्त कार्यक्रममा यातायातबिद, ट्राफिक इन्जिनियर माननीय आशिष गजुरेलले सडक सुरक्षा सम्बन्धित आफ्ना भनाईहरु राखे भने सुरक्षित यात्रा गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।
अटो नेपालका डाईरेक्टर रोशनकुमार श्रेष्ठले पछिल्लो प्रविधिलाई प्रयोग गर्दै आफ्नो व्यवसायलाई पनि अहिलेको समयसङ रुपान्तरण गर्नुपर्नेमा जोड दिदै मेकानिक्स पेशालाई मर्यादित बनाउन सल्लाह दिनुभयो ।
ललितपुर ट्राफिक प्रहरी श्रीराम आचार्यले ट्राफिक नियमबारे जानकारी गराउदै दुर्घटना न्यूनीकरण गर्न सबै मेकानिक्सहरुलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
युनिराइड्का संचालक निर्मल सिग्देलले सबै मेकानिक्सहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्दै संगसंगै हातेमालो गर्दै अगाडि बढन अनुरोध गर्दै इभिबारे तालिमको समेत छिट्टै व्यवस्था गर्ने जानकारि दिनुभयो र ललितपुरमा आफुले सकेको सेवाहरु र यस्ता तालिमहरुलाई निरन्तरता दिने वचन दिनुभयो ।
जगदम्बा मोटर्सका इन्जिनियर द्व्यले उपस्थित सम्पूर्ण मेकानिक्सहरुलाई विभिन्न प्रविधिहरुको बारेमा तालिम दिदै सबै ग्राहकहरुलाई राम्रो सेवा दिन विशेष आग्रह गर्नुभयो ।

नाटुका केन्द्रिय पदाधिकारीहरु नाटु ललितपुरका इन्जिनियरिङ विभागका अध्यक्ष प्रेम पटेराले हरुलाई तालिमको व्यवस्था गर्न युनिराईडका अनुरोध गर्नुभयो ।
श्री नेपाल अटो मेकानिक्स एसोसिएसनका अध्यक्ष रुद्र खड्काले सबै एकजुट भएर व्यवस्थित तबरले लागेमा मात्र अबको दिनमा राम्रोसँग काम गर्न सकिने, अन्यथा यो रोजगार समेत गुम्ने बताए ।


