बिर्तामोडमा एथरको नयाँ शोरुम

प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले झापाको बिर्तामोडमा आफ्नो नयाँ ‘एथर एक्सपिरियन्स सेन्टर’ (शोरुम) उद्घाटन गरेको छ।

वैद्य इनर्जी आधिकारिक वितरक रहेको एथरको भुर्तेल इनर्जीको व्यवस्थापनमा जेठ १० गते आइतबारदेखि सञ्चालनमा आएको यो देशकै ११ औँ शोरुम हो।

नयाँ केन्द्रमा युवालक्षित एथर ४५० सिरिज र पारिवारिक प्रयोगका लागि उपयुक्त एथर रिज्टा स्कुटरहरू प्रदर्शन, टेष्ट राइड तथा बिक्रीका लागि उपलब्ध छन्।

कम्पनीले स्कुटरको ब्याट्रीमा ८ वर्षको विस्तारित वारेन्टी उपलब्ध गराउनुका साथै देशभर १० वटा सर्भिस सेन्टर र ४० भन्दा बढी स्थानमा एथर ग्रिड फास्ट चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ।

बिर्तामोड शोरुम उद्घाटनको अवसरमा जेठ १७ गतेसम्म स्कुटर खरिद गर्ने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदर, विशेष फाइनान्सिङ र आकर्षक एक्सचेन्ज अफरहरू ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *