१० महिनामा २० अर्बको ईभी

चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त) सम्ममा नेपालमा २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपैयाँ बराबरको ८ हजार ६०७ वटा विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन्।

भन्सार विभागको तथ्याङ्क अनुसार आयात भएका गाडीहरूमध्ये ५१ देखि १०० किलोवाट क्षमताका सबैभन्दा धेरै ५ हजार २५ वटा ईभी नेपाल भित्रिएका हुन्।

यसैगरी ५० किलोवाटका २ हजार ८४८ वटा, १०१ देखि २०० किलोवाटका ७२३ वटा, २०१ देखि ३०० किलोवाटका ९ वटा र ५० किलोवाटको अनएसेम्बल २ वटा ईभी गाडी आयात भएका छन्।

कार तथा एसयूभी सँगसँगै तीन पाङ्ग्रे ईभीको आयात पनि उच्च रहेको छ, जसअन्तर्गत ८९ करोड ४५ लाखभन्दा बढीको ७ हजार ७८५ वटा तयारी र ९३ करोड ६६ लाखभन्दा बढीको ९ हजार ११ वटा अनएसेम्बल तीन पाङ्ग्रे ईभी भित्रिएका छन्।

यस अवधिमा देशभित्र ठूलो संख्यामा विद्युतीय गाडीहरू आयात हुँदा सरकारले ईभी भन्सारमार्फत मात्रै कुल १२ अर्ब ४३ करोड ३७ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *