अटोमोटिभ्स प्रालिको आयोजनामा मेरोअटो मोटर र्यालीको छैटौं संस्करण शुक्रबार (जेठ ८ र ९ गते) काठमाडौंदेखि पोखराको लेकसाइडसम्म हुने भएको छ।
शुक्रबार बिहान ७ बजे काठमाडौंको दरबारमार्गबाट नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र महिन्द्रा नेपाल हेड चैतन्य कागलकरले संयुक्त रूपमा फ्ल्याग अफ गरी र्यालीको शुभारम्भ गर्ने छन्।
आन्तरिक पर्यटन प्रवर्द्धन, ड्राइभ टुरिजम, हाइवे ड्राइभिङ र व्यावसायिक नेटवर्किङ विस्तार गर्ने उद्देश्यले आयोजित यस र्यालीमा ४० भन्दा बढी कार र १०० जनाको सहभागिता रहने छ।
र्यालीका क्रममा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत धादिङको एक विद्यालयलाई शैक्षिक सामग्री र तनहुँ प्रहरी कार्यालयलाई उद्धार सामग्री समेत प्रदान गरिने छ।
टोटल इनर्जी मुख्य प्रायोजक र महिन्द्रा (अग्नि इन्कर्पोरेटेड) एशोसिएसन पार्टनर रहेको यस र्यालीलाई सियट टायर, ओमोडा-जेको, लीपमोटर र जिली लगायतका विभिन्न अटोमोबाइल ब्रान्डहरूले सहयोग गरेका छन्।