गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङका मोटरसाइकल चालक ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको हो।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जोहाङ र रिडीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी रिडी प्राथमिक अस्पताल पुर्याएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।