सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ इलेक्ट्रिक एसयूभी ‘ई-भितारा’ (e-Vitara) को देशव्यापी डेलिभरी औपचारिक रूपमा सुरु गरेसँगै ग्राहकहरूको आकर्षण बढेको छ।
कम्पनीको पहिलो पूर्ण रूपमा निर्मित (CBU) विद्युतीय सवारीका रूपमा आएको यस गाडीमा जापानी इन्जिनियरिङ, उत्कृष्ट सुरक्षा र दैनिक प्रयोगका लागि व्यावहारिकता समेटिएको छ।
बिक्री शुभारम्भको अवसरमा पहिलो १०० वटा बुकिङका लागि ४८.८ किलोवाट आवर ब्याट्री र ४४० किलोमिटर रेन्ज भएको सुरुवाती भेरियन्टको ‘इन्ट्रोडक्टरी’ मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ग्राहकलाई ३ लाख रुपैयाँ बचतको अवसर छ।
त्यसैगरी, ६१.१ किलोवाट आवर ब्याट्री र ५४३ किलोमिटर रेन्ज भएका अन्य प्रिमियम भेरियन्टहरूको मूल्य ५३ लाख ९९ हजारदेखि ६० लाख ४९ हजार रुपैयाँसम्म कायम गरिएको छ, जसमा ४ लाख रुपैयाँसम्मको विशेष छुट उपलब्ध छ।
नेपालभर रहेका २५ वटा सुजुकी बिक्री केन्द्र र ४० वटा सर्भिस सेन्टरको ठूलो सञ्जाल, सहज स्पेयर पार्ट्सको उपलब्धता र दक्ष जनशक्तिका कारण यस गाडीले ग्राहकलाई भरपर्दो स्वामित्वको अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।