नेपाल वायु सेवा निगमको सञ्चालक समितिमा रिक्त रहेका पाँच सदस्य पदका लागि खुला प्रतिस्पर्धाबाट नयाँ व्यक्तिहरू छनोट भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवेदन दिएका २७ जनामध्येबाट डा. दिपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लीलाराज ढकाललाई छनोट गरेको हो।
छनोट भएका यी सदस्यहरूलाई सात दिनभित्र नियुक्ति लिन आउन मन्त्रालयले सूचना जारी गरेको छ।
निगमको ऐन बमोजिम पहिलो पटक यसरी खुला प्रतिस्पर्धा मार्फत सञ्चालकहरू छानिएका हुन्।