नेपालमा सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दो छ । नयाँ प्रविधिका गाडीहरू बजारमा आइरहेका छन् । विशेषगरी अहिले नेपालमा युरो–५ र युरो–६ मापदण्डका मोटरसाइकल, स्कुटर तथा अन्य सवारी साधनहरूको प्रयोग तीव्र रूपमा बढेको छ ।
तर यस्ता आधुनिक गाडीहरूमा कुन प्रकारको ग्रीज, गियर आयल वा इन्जिन आयल प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा धेरै प्रयोगकर्तालाई अझै पर्याप्त जानकारी छैन ।
यही अभावलाई अवसरका रूपमा लिएर पोखरास्थित ‘शुभ व्हिल ट्रेडर्स’ ले लामो समयदेखि गुणस्तरीय लुब्रिकेन्ट तथा अटोमोबाइल सामग्रीमार्फत ग्राहकको विश्वास जित्दै आएको छ ।
पोखरामा स्थापित यो व्यवसाय कुनै नयाँ नाम होइन । हजुरबुबाको पालादेखि सुरु भएको यो व्यापारिक यात्रा अहिले चौथो दशक पार गरेर ४५ वर्षभन्दा बढी समयदेखि निरन्तर अघि बढिरहेको छ ।
पुस्तान्तरणसँगै व्यवसाय आधुनिक प्रविधि र नयाँ बजारअनुसार विस्तार हुँदै गएको छ । व्यवसायमा निरन्तरता मात्रै होइन, गुणस्तरीय उत्पादन र ग्राहकसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको कारण आज ‘शुभ व्हिल ट्रेडर्स’ धेरै अटोमोबाइल प्रयोगकर्ताका लागि भरोसाको नाम बनेको छ ।
व्यवसायमा उपलब्ध विभिन्न प्रकारका लुब्रिकेन्टमध्ये ग्राहकको आवश्यकता अनुसार फरक–फरक उत्पादन उपलब्ध गराइन्छ । विशेषगरी ग्रीजका विभिन्न स्तर ग्राहकबीच लोकप्रिय बनेका छन् ।
सामान्य प्रयोगका लागि ‘म्याक्सलाइभ’ ग्रीज सस्तो तथा प्रभावकारी विकल्पको रूपमा रहेको बताइन्छ । यसले हब तथा अन्य पार्टहरू सहज रूपमा सञ्चालन गर्न मद्दत पुर्याउने भएकाले दैनिक प्रयोगका सवारी साधनमा यसको माग उल्लेखनीय छ ।
त्यसभन्दा माथिल्लो स्तरमा ‘एप्रिलिया ग्रीज’ उपलब्ध छ, जसलाई अझ बढी टिकाउ तथा प्रभावकारी मानिन्छ । यसबाहेक ‘सिन्थेटिक एलसी–३००’ नामक विशेष ग्रीज पनि उपलब्ध छ, जुन निलो रङको हुन्छ । यो विशेषगरी हेभी लोड बोक्ने, अत्यधिक हिट हुने तथा उच्च गतिको सवारी साधनका लागि प्रयोग गरिन्छ ।
लामो दूरी तथा कठिन सडकमा सञ्चालन हुने गाडीका लागि यो ग्रीज प्रभावकारी मानिन्छ ।
ग्रीज मात्र होइन, शुभ व्हिल ट्रेडर्समा गियर आयल, इन्जिन आयल लगायत अटोमोबाइलसँग सम्बन्धित विभिन्न प्रकारका उत्पादनहरू उपलब्ध छन् ।
सवारी साधनको आयु बढाउन र इन्जिनलाई सुरक्षित राख्न गुणस्तरीय लुब्रिकेन्टको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले कम्पनीले ग्राहकलाई सही जानकारीसहित उत्पादन उपलब्ध गराउने प्रयास गर्दै आएको छ ।