याङ्गोको सेवा चितवनमा विस्तार

ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपले आफ्नो राइड हेलिङ्ग सेवा काठमाडौंबाहिर विस्तार गर्दै चितवनका चालकहरूलाई याङ्गो प्रोमा जोडिन आह्वान गरेको छ।

चितवनका विभिन्न स्थानमा आयोजित कार्यक्रममा चालकहरूका लागि दर्ता, अभिमुखीकरण, र विशेष उपहारहरूका साथै इन्धन कार्ड र ब्रान्डेड सामग्रीहरू वितरण गरिएको थियो।

याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेले मेहनती चालकहरूलाई आफ्नो प्लेटफर्ममार्फत महिनामा एक लाख रुपैयाँसम्म कमाउन सक्ने अवसर रहेको जानकारी दिनुभयो।

यो कार्यक्रमले काठमाडौंबाहिरका चालकहरूलाई पनि समयको अनुकूलता अनुसार काम गर्ने र आत्मनिर्भर बन्ने बाटो खुला गरेको कम्पनीको दाबी छ।

चितवनका इच्छुक व्यक्तिहरूलाई काठमाडौँस्थित पार्टनर अफिसमा सम्पर्क गर्न आग्रह गर्दै याङ्गोले भविष्यमा नेपालका सबै प्रमुख सहरहरूमा सेवा पुर्याउने लक्ष्य राखेको छ।

विश्वका ३० भन्दा बढी देशमा सक्रिय रहेको याङ्गोले डेलिभरी, मनोरञ्जन र खाद्य प्रविधिका क्षेत्रमा पनि डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *