बागलुङको ‘लाइफलाइन’ सडक अलपत्र

दक्षिण बागलुङको महत्त्वपूर्ण कुश्मीसेरा–राङ्खानी १० किलोमिटर सडक खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण ५ वर्षदेखि अलपत्र परेको छ।

वि.सं. २०७६ मा शर्मा/क्याराभान जेभीले दुई वर्षभित्र सक्ने गरी जिम्मा लिएको यो सडक हालसम्म ७८ प्रतिशत मात्र सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकारको २४ करोड ५८ लाख रुपैयाँ लागतमा सुरु भएको यस आयोजनाको म्याद ५ पटक थप गरिसक्दा पनि काम सकिएको छैन।

निर्माण कम्पनीले मूल्यवृद्धिको बहाना बनाएर काम रोकेको छ भने पूर्वाधार विकास कार्यालयले सम्झौता रद्द गर्ने विषयमा छलफल गरिरहेको छ।

सडक कालोपत्र नहुँदा स्थानीय बासिन्दाले हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्नुपरेको छ।

सडकको दुरावस्थाका कारण यात्रा असहज हुनुका साथै ढुवानी भाडा समेत महँगो भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *