फिस्लिङमा पहिरोले सडक अवरुद्ध

काठमाडौँ-मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको फिस्लिङमा ढुङ्गा खसेपछि आइतबार बिहानैदेखि यातायात सेवा ठप्प भएको छ।

सडक विभाग र प्रहरीको टोलीले अहिले सडकमा थुप्रिएको ढुङ्गा हटाउने काम गरिरहेका छन्।

पहिरो पन्छाउने काम जारी रहेकाले केही समयमै सडक पुनः सुचारु हुने प्रहरीले जानकारी दिएको छ।

अहिले उक्त क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *