ड्रोन र भर्टिकल मोबिलिटीमा नासा नेपाल

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले स्विट्जरल्याण्डको ड्रोन एण्ड भर्टिकल मोबिलिटी एकेडेमीसँगको सहकार्यमा पाँच दिने अन्तर्राष्ट्रिय ड्रोन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA) रिजन टूको वार्षिक क्यालेन्डर अन्तर्गत सञ्चालित यस तालिममा नेपालसहित बंगलादेश, श्रीलंका र सिंगापुरका अटोमोबाइल फेडेरेसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

धुलिखेल र काठमाडौँका विभिन्न स्थानमा आयोजित तालिममा आईकाओ (ICAO) को गाइडलाइन, ड्रोनको प्राविधिक पक्ष, उड्डयन कानुन, र पर्यटन तथा आर्थिक रूपान्तरणमा ड्रोनको भूमिकाबारे विस्तृत छलफल र अभ्यास गरिएको थियो।

तालिमको मुख्य प्रशिक्षण FIA ड्रोन एम्बेसेडर निकोलस व्रिगेरले गर्नुभएको थियो भने अण्डोराका डेभीड फ्रान्सीनेटले ड्रोन रणनीतिका सफल प्रयोगबारे प्रस्तुति दिनुभएको थियो।

डेढ दशकदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय नासा नेपालले यस तालिमसँगै आफ्नो कार्यक्षेत्रलाई ‘जलदेखि आकाश’ (ड्रोन र भर्टिकल मोबिलिटी) सम्म विस्तार गर्ने नयाँ अध्याय सुरु गरेको छ।

यो ऐतिहासिक सहकार्यले एसियाली देशहरूमा ड्रोन उडानको व्यावसायिक ज्ञान र दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

तालिम समापनसँगै सहभागी चारवटै देशका अटोमोबाइल फेडेरेसनहरूले अब आ-आफ्नो देशमा स्पोर्ट्स र मोबिलिटी दुवै क्षेत्रमा ड्रोनको प्रयोगलाई औपचारिक रूपमा अघि बढाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *