Skip to content
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगन्ज विमानस्थलमा यात्रुहरूको सहजताका लागि मंगलबारदेखि निःशुल्क ट्रलीबस सेवा सुरु गरेको छ।
विमानस्थलदेखि राँझा चोकसम्मको करिब दुई किलोमिटर दूरीमा सञ्चालन हुने २५ सिटे यस बसले यात्रुलाई निःशुल्क सेवा दिनेछ।
यो सेवा सुरु भएपछि अटो रिक्साहरूले लिने चर्को भाडा तिर्नुपर्ने बाध्यताबाट यात्रुहरूले मुक्ति पाउने विश्वास लिइएको छ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति र धेरै सामान बोकेर यात्रा गर्नेहरूलाई लक्षित गरी यो सुविधा ल्याइएको हो।
विमानस्थल कार्यालयका अनुसार विमानस्थलको गरिमा बढाउन र यात्रुमैत्री वातावरण सिर्जना गर्न यो महत्वपूर्ण कदम चालिएको हो।
यसअघि सोही दूरी पार गर्न यात्रुहरूले महँगो भाडा तिर्नुपर्ने गुनासो गर्दै आएका थिए, जसलाई यो निःशुल्क बसले सम्बोधन गर्नेछ।
प्राधिकरणको यो प्रयासले नेपालगन्ज विमानस्थल प्रयोग गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई थप सहज र सुरक्षित महसुस गराउने अपेक्षा गरिएको छ।
Post Views: 19