Skip to content
एमजी मोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी ‘यू१९ इभी’ (MG U19 EV) सार्वजनिक गर्ने तयारी गरेको छ।
यो पूर्ण विद्युतीय पिकअप गाडी लक्जरी र फ्ल्यागसिप गरी दुईवटा प्रिमियम भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसमा ३२५ किलोवाटको पावर र ७०० एनएम टर्क उत्पादन गर्ने डुअल मोटर जडान गरिएको छ, जसले शून्यदेखि १०० किमीको गति मात्र ५.८ सेकेन्डमा तय गर्छ।

पिकअपमा १०२.२ किलोवाट क्षमताको ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
फास्ट चार्जिङ प्रविधि मार्फत यो गाडीलाई ४२ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने विशेषता रहेको छ।
गाडीको भित्री भागमा १२.३ इन्चको स्क्रिन, जेबीएल अडियो सिस्टम र ६४ रङको एम्बियन्ट लाइटिङ जस्ता विलासी फिचरहरू समावेश छन्।
कठिन भू-बनोटमा पनि आरामदायी यात्राका लागि यसमा एयर सस्पेन्सन र विभिन्न ड्राइभिङ मोडहरू उपलब्ध गराइएको छ।
Post Views: 17