चितवन अटो शोको भव्य तयारी

आगामी वैशाख १७ गतेदेखि भरतपुरमा आयोजना हुन लागेको ‘चितवन अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

चितवनका दुई ठूला अटोमोबाइल्स एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको यस शोमा ७५ वटा स्टलहरू रहनेछन्।

प्रदर्शनीमा नयाँ गाडीका साथै ऐतिहासिक ‘भिन्टेज’ कारहरू, बैंक तथा बिमाका सुविधाहरू एकै ठाउँमा उपलब्ध हुनेछन्।

साहसिक खेल प्रेमीका लागि मोटरसाइकल स्टन्ट, जिमखाना र टिडिएस ¥याली जस्ता रोमाञ्चक गतिविधिहरू समेत समावेश गरिएको छ।

बजारमा बढ्दो ईभीको मागलाई ध्यानमा राख्दै यस पटक विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता दिइएको छ।

अटो शो अवधिभर करिब ५० करोड रुपैयाँको कारोबार हुने र १० हजारभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको छ।

अवलोकनकर्ताका लागि लक्की ड्र मार्फत उपहार र गाडी खरिदमा विशेष प्रदर्शनी छुटको आकर्षक व्यवस्था समेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *