लाइसेन्स लिन अब न्यूनतम उमेर १८ वर्ष

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि न्यूनतम उमेर १८ वर्ष पुर्‍याउने नयाँ कानुनको मस्यौदा तयार गरेको छ।

हाल १६ वर्षमा दुई पाङ्ग्रेको लाइसेन्स पाइने व्यवस्था रहे पनि अब सबै साना सवारीका लागि १८ वर्ष अनिवार्य गरिने प्रस्ताव छ।

मझौला र ठूला सवारीका लागि क्रमशः २१ र २३ वर्ष उमेर पुग्नुपर्ने र व्यावसायिक चालकका लागि ८ कक्षा पास हुनुपर्ने नियम ल्याइँदैछ।

लाइसेन्सको बहाल अवधि अहिलेको ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याउने र नवीकरण ढिला हुँदा लाग्ने जरिवाना घटाउने प्रस्ताव गरिएको छ।

ट्राफिक नियम उल्लंघन गर्दा लाइसेन्स निलम्बन हुने व्यवस्थालाई पनि परिमार्जन गरी १० पटकको उल्लंघनपछि मात्र निलम्बन गर्ने भनिएको छ।

सवारी ट्रायल परीक्षालाई अझै कडा बनाउँदै कच्ची, चिप्लो र उकालो-ओरालो बाटोमा चलाउन सक्ने क्षमताको पनि परीक्षण गरिनेछ।

नेपाली नागरिकले विदेशमा सवारी चलाउन सजिलो होस् भन्नका लागि अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र जारी गर्ने व्यवस्था समेत मस्यौदामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *