Skip to content
ओखलढुंगाको विप्लाटेदेखि कोशी भञ्ज्याङसम्म ६४.९ किलोमिटर लामो सडक निर्माण तथा स्तरोन्नति गरिने भएको छ।
यस आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको छ भने ७ अर्ब ६६ करोड खर्च हुने अनुमान छ।
कुल सडक खण्डमध्ये करिब ३९ किलोमिटर नयाँ ट्र्याक खोलिनेछ र बाँकी २५ किलोमिटर सडकलाई स्तरोन्नति गरिनेछ।

यो सडक सिद्धिचरण नगरपालिका, मोलुङ, चम्पादेवी र सुनकोशी गाउँपालिकाका विभिन्न बस्तीहरू भएर जानेछ।
सडकको चौडाई ८.५ मिटर हुनेछ र यसमा १७८ वटा कल्भर्टका साथै २ वटा ठूला पुलहरू समेत निर्माण गरिनेछन्।
आयोजना निर्माणका क्रममा करिब ९०० वटा रुख काटिने हुनाले क्षतिपूर्तिको रूपमा नयाँ बिरुवा रोप्ने योजना बनाइएको छ।
३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडकले स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधिमा ठूलो सहयोग पुर्याउनेछ।
Post Views: 13