बाइकर्स जात्रामा लायन्स क्लवको रक्तदान

जियोन ओभरल्याण्डको आयोजित बाइकर्स जात्रामा लायन्स क्लव अफ काठमाडौं अटो सोसियल फ्रेण्डस र लायन्स क्लव अफ काठमाडौं ग्लोबल युथको संयुक्त आयोजना र T.U. Lions Blood Bank / अटो नेपाल, पत्रिकाको सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्ष २०२६र२७ का लागि फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुशप्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्णप्रसाद शर्मा उपस्थित भएका छन् ।

उक्त कार्यक्रममा २१ जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिक कर्पोरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *