चितवन अटो शोको तयारी तीव्र

भरतपुरमा आगामी वैशाख १७ गतेदेखि सुरु हुने ‘चितवन अटो शो’का लागि स्टल बुकिङ अन्तिम चरणमा पुगेको छ।

अटो शो संयोजक राजन पियाका अनुसार नेपालमा उपलब्ध प्रायः सबै नामुद अटोमोबाइल ब्रान्डहरूले प्रदर्शनीका लागि स्टल सुरक्षित गरिसकेका छन्।

प्रदर्शनीमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, र हेभी कमर्सियल सवारीका साथै बैंक तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको यो मेला वैशाख २१ गतेसम्म चल्नेछ।

भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने यस कार्यक्रमले अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधिहरूलाई एकै ठाउँमा देखाउनेछ।

आयोजक संस्थाका अध्यक्ष मोहन केसीले अटो शोको तयारीलाई तीव्रता दिइएको र यसले व्यवसाय प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *