बाइकर समुदाय र युवाहरू एकै ठाउँमा

काठमाडौं नजिकैको गोदावरीमा ‘बाइकर जात्रा’ नामक विशेष कार्यक्रम आयोजना हुने भएको छ।

जियोन बाइकर समूहले आगामी शनिबार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ललितपुरको Godavari Village Resort मा हुने यस कार्यक्रमले संगीत र मनोरञ्जनप्रेमीहरूलाई लक्षित गरेको छ।

कार्यक्रममा चर्चित कलाकारहरू भ्योमा, रकहेड्स, अचल एण्ड अमिकस, रेमनदास श्रेष्ठ र बिपाश्ना तामाङको प्रस्तुति रहने आयोजकले जनाएको छ।

साथै, कार्यक्रम होस्टका रूपमा रेमनदास श्रेष्ठ र यशोदा राई रहनेछन्।

‘बाइकर जात्रा’ मा संगीतसँगै स्टल, क्याम्पिङ, खेलकुद र पेय पदार्थको व्यवस्था समेत रहनेछ।

Bikeaholic Nepal ले आयोजना गरेको कार्यक्रमको Official Media – Auto Nepal, Magazine टिकट पार्टनरका रूपमा Khalti Apps रहेको छ।

आयोजक अश्विन श्रेष्ठ (जियोन) का अनुसार यो कार्यक्रम बाइकर समुदाय र युवाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले आयोजना गरिएको हो।

‘बाइकर कार्निभल’ मा बाइकरहरूलाई प्रोत्साहित गर्ने उद्देश्यसहित पहिलोपटक आयोजना हुन लागेको यस कार्यक्रमको कुल बजेट ३५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका लागि एक्सट्रिम इनर्जी ड्रिंक र बाह्र सिंग्रलले प्रायोजन गरेका छन्।

समयअनुसार मार्केटिङ शैलीमा परिवर्तन गर्दै जाँदा सहभागी तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया र ऊर्जा प्राप्त हुँदै आएको उनीहरूको भनाइ छ।

यस कार्निभलमार्फत बाइकर समुदायबीच आपसी सहकार्य, अनुभव आदानप्रदान र उत्साह अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

विगतमा पनि जियोन बाइकरले साना–साना बाइकरहरूलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *