Skip to content
रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ ‘गोवन क्लासिक ३५०’ मोटरसाइकल नेपाली बजारमा ल्याएको छ।
कम्पनीले यस बाइकको मूल्य रङ र भेरियन्ट अनुसार ५ लाख ५९ हजार र ६ लाख २ हजार रुपैयाँ तोकेको छ।
यो नयाँ मोटरसाइकल ‘बोबर’ डिजाइनबाट प्रेरित छ, जसमा राइडरको सहजताका लागि विभिन्न आधुनिक सुविधाहरू थपिएका छन्।
यसमा ३४९ सीसीको इन्जिन प्रयोग गरिएको छ, जसले २७ एनएम टर्क उत्पन्न गरी यात्रालाई स्मुथ र आरामदायी बनाउँछ।

विशेष गरी सहरको भीडभाड र खुला राजमार्ग दुवैमा सहज गियर परिवर्तनका लागि यसमा ५-स्पिड गियरबक्स जडान गरिएको छ।
यस मोडलमा नयाँ असिस्ट एण्ड स्लिपर क्लच, अपग्रेड गरिएको यूएसबी टाइप सी चार्जिङ पोर्ट र राम्रो नियन्त्रण प्रणाली समावेश छ।
अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले यो नयाँ क्लासिक बाइक नेपाली राइडरहरूले निकै रुचाउने विश्वास व्यक्त गर्नुभएको छ।
Post Views: 13