काठमाडौं – नेपालमा पछिल्लो समय विद्युतीय गाडीहरूको (EV) प्रयोग र लोकप्रियता तीव्र रूपमा बढिरहेको छ।
विशेष गरी सार्वजनिक यातायात र पर्यटकीय प्रयोजनका लागि बजारमा धेरै विकल्पहरू उपलब्ध भए तापनि कार्यक्षमता र टिकाउपनका हिसाबले स्काईवर्थ (Skyworth) को १९-सिटे बस एक भरपर्दो नाम बनेको छ।
नेपाली सडकको बनावट र लामो दूरीको यात्रालाई ध्यानमा राख्दा, स्काईवर्थले सुरक्षा, आराम र प्रविधिको सन्तुलन मिलाउन सफल भएको छ।
उत्कृष्ट इन्जिनियरिङ र बलियो बनावटका कारण व्यावसायिक प्रयोजनका लागि यो एउटा उत्कृष्ट लगानी सावित हुँदै आएको छ। आखिर किन त स्काईवर्थ नै रोज्ने? यसका केही प्रमुख कारणहरू तल प्रस्तुत छन् ।
यो बस ७१ किलोवाट प्रतिघण्टा (kW/hr) क्षमताको लिक्विड कुल्ड डबल ब्याट्री प्याक र १२० किलोवाटको शक्तिशाली मोटरद्वारा सञ्चालित छ।
यस बसमा आफ्नो सेग्मेन्टमै सबैभन्दा धेरै २२० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपाली सडकहरूमा यात्रा सहज बनाउँछ।
सुरक्षाका लागि यसमा ABS, EBD र BA जस्ता महत्वपूर्ण फिचर्सहरू लोड गरिएका छन्।
यात्रुको आरामलाई ध्यानमा राख्दै यसमा ठूलो र फराकिलो, अत्यन्तै आरामदायक फोल्डिङ हाइड्रोलिक प्यासेन्जर सिटहरू राखिएका छन्।
गाडीको डिजाइन ठूलो, अग्लो र फराकिलो हुनुका साथै यसमा उत्कृष्ट मेटल क्वालिटीको भरपर्दो बनावट छ।
गाडीभित्र अगाडिको ढोकादेखि अन्तिम सिटसम्म सजिलै उभिएर हिँड्न मिल्ने पर्याप्त ठाउँ छ।
साथै, अन्तिमका चारवटा सिटहरू ‘बाल्कोनी स्टाइल’मा हुनुका साथै चारवटै ठूला झ्यालहरूले यात्रालाई झन् खुला र रमाइलो महसुस गराउँछन्।
यसको अर्को मुख्य विशेषता १९ जनाको लगेज सहजै अट्ने विशाल ‘इन-बिल्ट बुट स्पेस’ हो।
नेपालका प्रमुख शहरहरूमा विस्तारित सेवा सञ्जाल रहेकाले यसको जहाँसुकैको सेवामा पनि पूर्ण भरोसा गर्न सकिन्छ।
अटो प्लस इन्स्योरेन्ससहित यसको मूल्य रु. ७५,९०,०००/- तोकिएको छ।