Skip to content
म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिकाको ताकममा कालोपत्र गर्ने कार्य सुरु भएको छ।
धारापानी-ताकम-झिनडाडा खण्डको स्तरोन्नति गर्ने क्रममा बुधबारदेखि ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बिटुमीन बिछ्याउन थालिएको हो।
करिब १४ करोड ६१ लाख रुपैयाँको लागतमा सञ्चालित यो आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सडकलाई ८ मिटर फराकिलो बनाउनुका साथै अप्ठ्यारो ठाउँमा ढलान र नाली निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
यो सडक खण्ड यसै चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले गर्दा स्थानीय बासिन्दा निकै उत्साहित भएका छन्।
यस सडकले म्याग्दीका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा र काठमाडौंसम्मको यात्रा ५० किलोमिटर छोटो बनाउनेछ।
मध्य पहाडी लोकमार्गको विकल्पका रूपमा हेरिएको यो आयोजनाले यस क्षेत्रको व्यापारिक र पर्यटकीय विकासमा ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ।
Post Views: 39