डिजेल र मट्टितेल महँगो भयो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले भारी वृद्धि गरेको छ।

त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्य समायोजनपछि अब डिजेल र मट्टितेलको मूल्य विभिन्न क्षेत्र अनुसार प्रतिलिटर २३४ रुपैयाँ ५० पैसादेखि २३७ रुपैयाँसम्म पुगेको छ।

हवाई इन्धन (आन्तरिक) को मूल्य भने अब प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।

पेट्रोलको मूल्यमा भने यसपटक कुनै परिवर्तन नगरिएको र यो यथावत् रहेको निगमको भनाइ छ।

यो नयाँ मूल्य सूची बुधबार राति १२ बजेदेखि नै देशभर लागू भइसकेको छ।

इन्धनको मूल्यमा भएको यो वृद्धिसँगै ढुवानी र बजारका अन्य उपभोग्य वस्तुको मूल्य समेत बढ्न सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *