इनड्राइभको नयाँ वर्ष अफर

विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन सुरु गरेको छ।

यो क्याम्पेन अन्तर्गत वैशाख ४ देखि २१ गते (अप्रिल १४ देखि मे ४) सम्म यात्रा गर्ने प्रयोगकर्ताले आकर्षक पुरस्कार जित्न सक्नेछन्।

सहभागी हुनका लागि इनड्राइभबाट राइड बुक गरी खल्ती एपमार्फत कम्तीमा दुई पटक भुक्तानी गर्नुपर्ने प्रावधान राखिएको छ।

पुरस्कार स्वरूप १० जना भाग्यशाली विजेताले ‘अनर एक्स ७ डि’ स्मार्टफोन र अन्य धेरैले क्यासब्याक तथा प्रोमो कोडहरू पाउनेछन्।

इनड्राइभ नेपालकी प्रतिनिधि रीता पोखरेलले प्रयोगकर्तालाई धन्यवाद दिन र सेवाको अनुभव बढाउन यो योजना ल्याएको बताउनुभयो।

खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले डिजिटल भुक्तानी र यात्रालाई जोड्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ।

विजेताहरूको घोषणा हरेक हप्ता लक्की-ड्र मार्फत इनड्राइभको आधिकारिक सामाजिक सञ्जालका पानाहरूबाट गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *