एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुम उद्घाटन संगै कम्पनीले नयाँ मोडल एलईभी एक्स अल ह्वील ड्राइभ इलेक्ट्रिक एसयूभी समेत सार्वजनिक गरेको छ ।
विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन र इन्जिनियरिङमा विश्वकै ठूलो डिजाइन हाउसमध्येको एक ‘सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी’ अन्तर्गतको एलएस अटोले आफ्नै ब्राण्डमा ईभी उत्पादन गरी विश्व बजारमा विस्तार गरिरहेको छ ।
नेपाली बजारमा यसअघि नै एलईभी–०१ बिक्री गर्दै आएको ब्लु कर्पोरेसनले अब यसको परिष्कृत र शक्तिशाली भर्सन एलईभी एक्स भित्र्याएको हो ।
एलईभी एक्समा ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५५० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । त्यस्तै, एलईभी ०१ ले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।
एलईभी एक्समा फ्रन्ट र रियर गरी १९८ किलोवाटको मोटर जडान गरिएको छ, जसले यसलाई फोर ह्वील ड्राइभको शक्ति प्रदान गर्दछ । यसमा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा आधारित लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशत बढी दक्ष मानिन्छ । यसको ग्राउण्ड क्लियरेन्स २२१ एमएम रहेको छ ।
यस गाडीमा प्रिमियम डिजाइनका साथै आधुनिक सुविधाहरूमा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, प्यानोरामिक मुनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टीकलर एम्बियन्ट लाइट र लेदरेट सिट छ ।
सुरक्षाका लागि १० वटा एयरब्याग, एबीएस ईबीडी हिल असिस्ट र क्रूज कन्ट्रोल जस्ता फिचर छन् । यो गाडीले युरो एनक्याप बाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ ।
नयाँ शोरुम उद्घाटन र नयाँ वर्षको अवसरमा कम्पनीले विशेष एक्सचेन्ज क्याम्प र अफरहरू सार्वजनिक गरेको छ ।
नेपाली बजारमा यसको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यस्तै, एलईभी ०१ को मूल्य ६४ हजार ९५ हजार रुपैयाँ तथा एलईभी एक्स ८४ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी दिएको छ ।