Skip to content
दमक-चिसोपानी सडक अन्तर्गत पहिलो खण्ड कालोपत्रे गर्ने सम्झौता भएको सात वर्ष बितिसक्दा पनि काम अझै अधुरो छ।
विसं २०७५ मा ३० महिनाभित्र सक्ने गरी ठेक्का लागेको यो सडक चार पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन।
हाल ठेकेदार कम्पनीले दैनिक जरिवाना तिर्दै काम गरिरहेको छ भने अझै करिब एक किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ।
सडक निर्माणमा भएको ढिलाइले गर्दा स्थानीय बासिन्दा हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती खेप्न बाध्य छन्।

पहिलो खण्डको काम कछुवा गतिमा भए पनि दोस्रो र तेस्रो खण्डको निर्माण कार्य भने पूर्ण रूपमा ठप्प भएको छ।
दोस्रो र तेस्रो खण्डको जिम्मा पाएको लुम्बिनी-गणपति जेभीले काम छोडेर हिँडेपछि सडक विभागले ठेक्का सम्झौता रद्द गरेको छ।
काम नगर्ने निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत गरिएको छ भने यतिबेला यो विवाद अदालतमा प्रक्रियामा रहेको छ।
Post Views: 37