पोखरा–मुग्लिन सडक विस्तारमा तीव्रता

आगामी असारसम्म निर्माण सक्ने लक्ष्यका साथ पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्र बनाइएको छ।

पोखराको सेती पुलदेखि तनहुँको जामुनेसम्मको यस सडकखण्डको भौतिक प्रगति हालसम्म ७७.४७ प्रतिशत पुगेको छ।

कुल ३८.७१ किलोमिटरको यस खण्डमध्ये धेरैजसो भागमा दोस्रो चरणको कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको छ।

यस खण्डमा पर्ने १३ वटा पुलमध्ये १२ वटाको निर्माण सकिएको छ भने पोखराको सेती पुल निर्माणाधीन छ।

चिनियाँ कम्पनीले काम गरिरहेको यस आयोजनामा अहिले ‘रोड सेफ्टी’ र ‘रोड मार्किङ’का कामहरू भइरहेका छन्।

सेती नदीमा बन्ने आकर्षक ‘सिग्नेचर पुल’को काम भने आगामी वैशाखसम्म सक्ने गरी म्याद थप गरिएको छ।

पछिल्लो समय कामले गति लिएकाले मुख्य सडकको निर्माण निर्धारित समयमै सकिने विश्वास प्राविधिकहरूले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *