Skip to content
काठमाडौं महानगरपालिकाले साझा यातायातसँग मिलेर २०८३ वैशाख १ देखि रात्रिकालीन सार्वजनिक बस सञ्चालन गर्ने भएको छ।
यो सेवा अन्तर्गत बुढानीलकण्ठदेखि लगनखेल र थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मका दुईवटा मुख्य रुटमा बस चल्नेछन्।
महानगरले यी रुटहरूमा सुरुवाती चरणमा ४ वटा विद्युतीय बसहरू सञ्चालन गर्ने योजना बनाएको छ।

साँझ ८ बजेपछि सार्वजनिक यातायात नपाउँदा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गर्न लागिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।
विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूलाई सुरक्षित र सस्तो यात्राको सुविधा दिने महानगरको मुख्य उद्देश्य रहेको छ।
राति ८ देखि ११ बजेसम्म चल्ने यी बसहरू तोकिएका स्टपमा हरेक २० मिनेटको अन्तरालमा आइपुग्नेछन्।
सुरक्षाका लागि बसमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने सुरक्षाको जिम्मा नगर प्रहरीलाई दिइनेछ।
Post Views: 136