Skip to content
इन्धनको मूल्य वृद्धि भएसँगै सरकारले मालबाहक सवारी साधनको भाडा दरमा उल्लेख्य वृद्धि गरेको छ।
नयाँ नियम अनुसार तराईका बाटोमा चल्ने गाडीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
त्यस्तै, पहाडी क्षेत्रका बाटोमा सामान ढुवानी गर्ने सवारीको भाडा २१.६८ प्रतिशतले वृद्धि गरिएको छ।

भाडा बढेपछि अब वीरगन्जदेखि काठमाडौंसम्म सामान ल्याउँदा ३६ हजार ६ सय ६७ रुपैयाँ तिर्नुपर्नेछ।
नेपालगन्जबाट काठमाडौंसम्मको ढुवानी भाडा अब ६० हजार ६ सय १७ रुपैयाँ कायम गरिएको छ।
काँकडभिट्टादेखि महेन्द्रनगरसम्म सामान लैजान अब पहिलेको तुलनामा ८२ हजार रुपैयाँ बढी लाग्ने देखिएको छ।
ढुवानी भाडा बढेसँगै बजारमा उपभोग्य वस्तुको मूल्य समेत बढ्न सक्ने अनुमान गरिएको छ।
Post Views: 53