बिर्तामोडमा फोटोनको ग्राहक भेटघाट

फोटोन मोटर्स नेपालले चैत १७ गते झापाको बिर्तामोडस्थित परशुराम पार्टी प्यालेसमा भव्य ‘कस्टमर मिट’ (ग्राहक भेटघाट) कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममार्फत कम्पनीले झापा र आसपासका क्षेत्रका ग्राहकहरूसँग प्रत्यक्ष कुराकानी गरी उनीहरूको अनुभव र सुझावहरू संकलन गरेको छ।

कार्यक्रममा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लिट मालिक र व्यावसायिक साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फोटोनले आफ्ना गाडीहरूको बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई अझै छिटो र भरपर्दो बनाउने प्रतिबद्धता जनाएको छ।

अहिले नेपालभर फोटोनका १६६ भन्दा बढी स्थानमा ‘CCS2’ फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा रहेका छन्, जसले विद्युतीय गाडी प्रयोगकर्तालाई सहज बनाएको छ।

नेपालभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत फोटोनले आफ्ना ग्राहकहरूलाई निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकलले ग्राहक केन्द्रित योजनाहरूलाई प्राथमिकता दिँदै आएको छ।

व्यावसायिक सफलता र दिगो यातायात समाधानका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको फोटोन शोरुममा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *