Skip to content
नयाँ वर्ष २०८३ को अवसरमा सेगवेको आधिकारिक वितरक आइहब प्रा. लि. ले ई११०एल स्कुटरमा विशेष छुट र उपहारहरूको घोषणा गरेको छ।
यो लोकप्रिय स्कुटर अहिले रु. २,८४,९९९ मा उपलब्ध छ र पहिलो २५ ग्राहकले रु. ४१,००० सम्मको ‘अर्ली बर्ड’ डिस्काउन्ट पाउन सक्नेछन्।
स्कुटर खरिद गर्दा ग्राहकले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर, टोट ब्याग र एक वर्षको निःशुल्क मर्मत सेवा (AMC) प्राप्त गर्नेछन्।

यसमा २४०० वाटको शक्तिशाली मोटर छ जसले ६२ किमी प्रतिघण्टाको गति दिन्छ र उकालाहरू सजिलै काट्न सक्छ।
एक पटकको फुल चार्जमा यो स्कुटर ६० देखि ११० किलोमिटरसम्म चल्ने क्षमता राख्दछ।
यात्रालाई आरामदायी बनाउन यसमा हाइड्रोलिक स्प्रिङ सिस्टम, डुअल डिस्क ब्रेक र २७ लिटरको ठूलो बुट स्पेस दिइएको छ।
सुरक्षाका लागि यसमा जीपीएस ट्र्याकिङ, चोरी नियन्त्रण गर्ने ‘एन्टी-थेफ्ट’ सिस्टम र स्मार्ट रिमोट एक्सेस जस्ता आधुनिक फिचरहरू छन्।
खराब मौसममा पनि चलाउन मिल्ने गरी यसलाई ‘IPX4’ रेटिङ र म्याट्रिक्स एलइडी हेडलाइटले सुसज्जित गरिएको छ।
Post Views: 80