बराल ग्रुप अटो शोमा

पोखरा – बराल ग्रुप अन्तर्गतका कम्पनीहरूले वाडा अटो शो २०२६ मा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन प्रदर्शन गर्ने भएका छन्।

चैत ११ देखि १५ सम्म पोखराको तालबाराही चोक मैदानमा हुने अटो शोमा नवीनतम प्रविधि र मोडेलहरू अवलोकन गर्न पाइनेछ।

एलिट मोटर्सले स्टल A6 र A8 मा ओमोडा, जेइको, निसान म्याग्नाइट लगायत विभिन्न गाडीहरू प्रदर्शन गर्नेछ।

प्रदर्शनीमा आउने दर्शकहरूले गाडीहरू नजिकबाट हेर्न पाउनेसँगै विशेष अफर र छुट सुविधाको लाभ लिन सक्नेछन्।

त्यसैगरी, तत्काल बुकिङ गर्ने ग्राहकहरूका लागि थप आकर्षक सुविधा प्रदान गरिनेछ र आगन्तुकहरूले विशेषज्ञसँग अन्तरक्रिया गरी नयाँ प्रविधिबारे जानकारी लिन सक्नेछन्।

कम्पनीले सबै सवारी साधनप्रेमीलाई अटो शोमा सहभागी भई विभिन्न ब्रान्डका गाडी अनुभव गर्न आमन्त्रण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *