इनड्राइभ प्लेटिनम पुरस्कार वितरण

काठमाडौं, नेपाल – नेपालको प्रमुख राइड‑हेलिङ एप इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ।

अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

१५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको अभियानले उत्कृष्ट सेवा दिने चालक साझेदारहरूलाई सम्मान गर्न केन्द्रित थियो।

साप्ताहिक चुनौती, प्रोत्साहन र दुईवटा ग्रान्ड पुरस्कारमार्फत चालकहरूको योगदान मूल्याङ्कन गरिएको थियो।

ग्रान्ड पुरस्कार विजेताहरू:

  • TATA Xpres-T EV (क्याब): श्री तुम बहादुर थापा मगर

  • TVS Raider (बाइक/मोटो): श्री अशेष मगर

साथै, विभिन्न साप्ताहिक पुरस्कारहरू वितरण गरिएको थियो:

  • १५ जना: Redmi Note 14 5G स्मार्टफोन

  • ३० जना: Ultima Atom 192 ब्लुटुथ इयरबड्स

  • ३० जना: Ultima Circle स्मार्ट वाच

  • १,५०० जना: पेट्रोल भौचर

विजेताहरूले आफ्नो उपलब्धिप्रति खुशी व्यक्त गर्दै इनड्राइभको सम्मान र प्रोत्साहनको कदर गरेका छन्।

इनड्राइभका सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले भने, “हाम्रा चालक साझेदारहरू नै हाम्रो सफलताको आधार हुन्।

यस अभियानले उनीहरूलाई सशक्त बनाउने प्रयास गरेको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरू ल्याउने हाम्रो प्रतिबद्धता छ।”

कम्पनीले चालकहरूलाई केवल सेवा प्रदायक मात्र नभई समुदायका महत्वपूर्ण सदस्य मान्दै, पारदर्शिता र निष्पक्षताको साथ दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *