काठमाडौं, नेपाल – नेपालको प्रमुख राइड‑हेलिङ एप इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ।
अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
१५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको अभियानले उत्कृष्ट सेवा दिने चालक साझेदारहरूलाई सम्मान गर्न केन्द्रित थियो।
साप्ताहिक चुनौती, प्रोत्साहन र दुईवटा ग्रान्ड पुरस्कारमार्फत चालकहरूको योगदान मूल्याङ्कन गरिएको थियो।
ग्रान्ड पुरस्कार विजेताहरू:
-
TATA Xpres-T EV (क्याब): श्री तुम बहादुर थापा मगर
-
TVS Raider (बाइक/मोटो): श्री अशेष मगर
साथै, विभिन्न साप्ताहिक पुरस्कारहरू वितरण गरिएको थियो:
-
१५ जना: Redmi Note 14 5G स्मार्टफोन
-
३० जना: Ultima Atom 192 ब्लुटुथ इयरबड्स
-
३० जना: Ultima Circle स्मार्ट वाच
-
१,५०० जना: पेट्रोल भौचर
विजेताहरूले आफ्नो उपलब्धिप्रति खुशी व्यक्त गर्दै इनड्राइभको सम्मान र प्रोत्साहनको कदर गरेका छन्।
इनड्राइभका सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले भने, “हाम्रा चालक साझेदारहरू नै हाम्रो सफलताको आधार हुन्।
यस अभियानले उनीहरूलाई सशक्त बनाउने प्रयास गरेको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरू ल्याउने हाम्रो प्रतिबद्धता छ।”
कम्पनीले चालकहरूलाई केवल सेवा प्रदायक मात्र नभई समुदायका महत्वपूर्ण सदस्य मान्दै, पारदर्शिता र निष्पक्षताको साथ दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।
Post Views: 62