Skip to content
चिनियाँ कम्पनी चेरीको ओमोडा एन्ड जेको ब्रान्डअन्तर्गत नयाँ गाडी जेको जे६टी नेपाली बजारमा सार्वजनिक गरिएको छ।
यो गाडी आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले सोमबार सार्वजनिक गरेको हो।
गाडी सार्वजनिक कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा लगायतको उपस्थिति रहेको थियो।
रियर–व्हील ड्राइभ भेरियन्टमा यसको एमआरपी ६८.९९ लाख रुपैयाँ भए पनि विशेष प्रारम्भिक अफरमा ६६.९९ लाख रुपैयाँ राखिएको छ।
कम्पनीका अनुसार गाडीले फुल चार्जमा करिब ४३१ किलोमिटर रेन्ज दिनेछ।
यसको ग्राउन्ड क्लियरेन्स २२५ एमएम रहेको छ।
गाडीको डिजाइन ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित बक्सी र रग्ड शैलीको रहेको बताइएको छ।
यसमा रियर माउन्टेड मोटर राखिएको छ, जसले २२० एनएम टर्क उत्पादन गर्छ।
गाडीमा लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ।
यसमा १५.६ इन्च टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, वायरलेस चार्जर र ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।
यो गाडी अफरोड र कठिन सडकका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
यसअघि जेको जे६ मोडेलमा २०० एमएम ग्राउन्ड क्लियरेन्स र ४०० किलोमिटर रेन्ज उपलब्ध थियो।
Post Views: 55