Skip to content
अमेरिकी राष्ट्रपति Donald Trump ले इजरायलसँग मिलेर इरानमाथि भइरहेको आक्रमण अस्थायी रूपमा रोक्ने घोषणा गरेका छन्।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेका थिए।
अमेरिकाले भेनेजुएलाजस्तै इरानमाथि पनि सजिलै नियन्त्रण पाउने अपेक्षा गरेको थियो, तर इरानले कडा प्रतिरोध गरेको बताइएको छ।
ट्रम्पले विशेष गरी इरानका ऊर्जा केन्द्रहरूमा भइरहेको आक्रमण रोक्ने बताएका छन्, तर युद्ध पूर्ण रूपमा रोकिएको भने छैन।
यस घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब १० प्रतिशतले घटेको छ।
ब्रेन्ट क्रुड आयलको मूल्य १०.०४ प्रतिशतले घटेर प्रति ब्यारेल करिब १००.५० अमेरिकी डलरमा झरेको छ।
यसअघि ट्रम्पले ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज नखोले ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए।
युद्ध सुरु भएदेखि खाडी क्षेत्रका करिब ४० ऊर्जा केन्द्रहरूमा क्षति पुगेको छ।
ग्यास, इन्धन लगायत आवश्यक सामग्रीको ढुवानीमा समस्या आउँदा मूल्य बढ्दै गएको थियो।
Post Views: 61