मोरबिडेली नेपालमा साझेदारी

काठमाडौंमा Toyota को आधिकारिक वितरक वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस (VOITH) ले दुईपांग्रे सवारी क्षेत्रमा विस्तार गर्दै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड Morbidelli सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ।

यस सहकार्यसँगै VOITH ले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार Morbidelli ब्रान्डका आधुनिक प्रविधियुक्त र उच्च प्रदर्शन क्षमताका मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराइनेछ।

यो साझेदारीले नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको प्रिमियम मोटरसाइकल विकल्प प्रदान गर्ने विश्वास गरिएको छ।

साथै, कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स उपलब्धता र ग्राहक अनुभवलाई प्राथमिकतामा राख्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *