दाउन्ने सडक अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी त्रिवेणी–२ स्थित दाउन्ने सडक खण्डमा लगातार वर्षापछि सवारी सञ्चालन हुन सकेको छैन।

शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडक हिलाम्य भएपछि सवारी चिप्लिएर जाम भएको जिल्ला प्रहरी प्रमुख युवराज खड्काले जानकारी दिए। घिउखोला, विश्वकर्मा मन्दिर र पैसट्ठीमोड आसपास बढी प्रभावित क्षेत्र रहे।

सवारी जाम बढेपछि पूर्वबाट पश्चिमतर्फ जाने ठूला तथा मालवाहक सवारी कावासोतीमा रोकिएका छन्।

नारायणगढ–बुटवल सडक आयोजनाले पूर्वैदेखि राति ठूला सवारी सञ्चालनमा रोक लगाउने गरेको थियो।

सडक विस्तार निर्माणअन्तर्गत दाउन्ने खण्डमा सामान्य वर्षामै पनि अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ भने मर्मत तथा व्यवस्थापन कार्य जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *