याङ्गो सडक सुरक्षा कार्यक्रम

काठमाडौंमा Yango Ride ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी सँग सहकार्य गर्दै बाइक चालकहरूका लागि सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी ओरियन्टेसन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित सवारी अभ्यास प्रवर्द्धन गर्नु र चालक तथा यात्रुको सुरक्षाप्रति सचेतना बढाउनु रहेको छ।

यस क्रममा सहभागी चालकहरूलाई हेल्मेट लगायतका सुरक्षात्मक सामग्री पनि वितरण गरिएको थियो।

काठमाडौंमा बढ्दो दुर्घटना र जोखिमलाई ध्यानमा राख्दै चालकहरूलाई ट्राफिक नियम पालना, जिम्मेवार ड्राइभिङ र सुरक्षित व्यवहार बारे प्रशिक्षण दिइएको छ।

कम्पनीका अनुसार, यस्तो पहलले दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात वातावरण निर्माण र सेवाप्रति विश्वास बढाउन सहयोग गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *