LRR Motors नयाँ वर्ष अफर

LRR Motors Pvt. Ltd. ले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी Geely EX5 Max मा विशेष बिक्री योजना “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” सार्वजनिक गरेको छ।

चैत्र १, २०८२ देखि वैशाख ७, २०८३ सम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहकहरूले Geely EX5 Max खरिद गर्दा आकर्षक उपहार र सुविधा पाउनेछन्।

प्रमुख लाभमा ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जना), स्मार्ट कफी मेसिन, Adaptable Charger, नगद छुट, ह्यासल‑फ्री फाइनान्सिङ, १ वर्षको निःशुल्क Auto Plus Insurance र १ वर्षको निःशुल्क Road Tax समावेश छन्।

LRR Motors का सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठ का अनुसार, “यस योजना मार्फत हामी ग्राहकलाई प्रिमियम इलेक्ट्रिक एसयूभी अनुभवसँगै नयाँ वर्षको उत्सव विशेष बनाउन चाहन्छौँ।”

कम्पनीले Geely EX5 Max नेपाली बजारमा अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभवका साथ उपलब्ध गराउँदै आएको छ।

इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गएर सीमित अवधिको अफरको फाइदा लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *