सुस्तामा तटबन्ध निर्माण

नारायणी नदीको कटान नियन्त्रण गर्न नवलपरासीको सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ।

गजेन्द्र मोक्षधाम आसपासका क्षेत्रमा करिब १७ करोड रुपैयाँ लागतमा यो काम अघि बढाइएको हो। निर्माण कार्य फागुनको अन्तिम साताबाट सुरु गरिएको जनाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले स्थलगत निरीक्षण गर्दै सुस्ता क्षेत्रको संरक्षण सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्।

आयोजनाका अनुसार वर्षायाम आउनुअघि नै काम सक्ने लक्ष्य राखिएको छ र त्यसका लागि फिल्डमै अस्थायी कार्यालय स्थापना गरेर निरन्तर काम भइरहेको छ।

सचिव दवाडीले कामको प्रगति सकारात्मक रहेको भन्दै समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *