नागपोखरीमा Yadea सेवा केन्द्र

नेपालमा Yadea इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले आफ्ना ग्राहकलाई अझ राम्रो आफ्टर–सेल्स सेवा दिन काठमाडौंको नागपोखरीमा नयाँ “Yadea Care – Service Station” सञ्चालनमा ल्याएको छ।

काठमाडौंको केन्द्रिय क्षेत्रमा रहेको यो सेवा केन्द्रले Yadea स्कुटर प्रयोगकर्तालाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा प्राविधिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले सहज स्थानमै मर्मत तथा सेवा सुविधा पाउनेछन्।

यो सेवा केन्द्र आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। विशेषगरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने Yadea प्रयोगकर्तालाई सेवा लिन अझ सजिलो हुने अपेक्षा गरिएको छ।

Yadea लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे सवारी साधन ब्रान्डका रूपमा आफ्नो स्थान कायम राख्दै आएको कम्पनीको दाबी छ।

नेपाली बजारमा पनि Yadea का विभिन्न मोडेलहरू लोकप्रिय हुँदै गइरहेका छन्।

विशेष गरी Velax, Owin तथा सबैभन्दा धेरै बिक्री हुने E8S Pro मोडेलले नेपाली ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्।

कुजु नेपालका अनुसार नागपोखरीमा सेवा केन्द्र सञ्चालन गर्नुको उद्देश्य ग्राहक सेवा अझ सुदृढ बनाउनु र Yadea प्रयोगकर्तालाई उत्कृष्ट सेवा अनुभव दिनु हो।

कम्पनीले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि Yadea Care सेवा केन्द्र विस्तार गर्ने योजना रहेको जनाएको छ, जसले देशभरका ग्राहकलाई सहज र विश्वसनीय आफ्टर–सेल्स सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *