काठमाडौं – Global IME Bank ले Global Money Week 2026 को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ।
बैंकले सातै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
“Smart Money Talks” नारासहित मार्च १६ देखि २२, २०२६ सम्म बैंकका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ।
यस अवधिमा बैंकले वित्तीय सचेतनासम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गर्ने योजना बनाएको छ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनजस्ता विषयमा जानकारी दिइनेछ।
बैंकले हरेक वर्ष आफ्ना शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा हालसम्म ७० भन्दा बढी शाखाबाट यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन्।
Global IME Bank मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले विभिन्न देशबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै नेपाली ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै बैंकलाई अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न अवार्डमार्फत सम्मान पनि प्राप्त भएको छ।