Skip to content
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे गर्ने कामका लागि केही दिन रातिको समयमा यातायात बन्द गरिने भएको छ।
सडक स्तरोन्नतिको काम तीव्र बनाएपछि पक्की बनाउन आगामी चैत ७ देखि २० गतेसम्म राति सवारीसाधन चलाउन रोक लगाइने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका अनुसार उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला सवारी र यात्रुवाहक बस चल्न नपाउनेछ।
मालवाहक ट्रक र टिपरलाई भने दिनरात दुवै समयमा सञ्चालन गर्न रोक लगाइएको छ।
सडक विस्तारको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण लामो समय रोकिएको थियो।
पछि पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीसँग सम्झौता भएपछि अहिले काम फेरि अघि बढाइएको हो।
धुलिखेलदेखि खावासम्म करिब चार किलोमिटर सडक सुधार गर्ने योजना छ।
यो सडक चीनको तातोपानी नाका तथा दोलखा, रामेछापतर्फ जाने मुख्य मार्ग भएकाले निर्माण ढिलाइ हुँदा यात्रुहरू धुलो, हिलो र जामको समस्या झेल्दै आएका छन्।
Post Views: 107