ग्लोबल आइएमईको विदेश सेवा

ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गर्ने नेपालीका लागि “नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग” स्थापना गरेको छ।

बैंकले यस विभागमार्फत विदेशमा रहेका ग्राहकलाई खाता खोल्ने, कर्जा लिने, ट्रान्जेक्सन बैंकिङ, पुँजीबजार र पोर्टफोलियो व्यवस्थापनजस्ता सेवा उपलब्ध गराउने छ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोड्ने उद्देश्यले विभाग सुरु गरिएको बताए।

प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीका अनुसार यसले विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी र वित्तीय पहुँच बढाउन सहयोग पुर्‍याउनेछ।

बैंकले हाल ३५२ शाखा, ३७९ एटीएम र विदेशका प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ, र भविष्यमा २४ घण्टे सेवा उपलब्ध गराउने योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *