याङ्गो राइडमा निःशुल्क बीमा

विश्वव्यापी प्रविधि कम्पनी Yango Group अन्तर्गतको Yango Ride ले नेपालमा चालक र यात्रुका लागि निःशुल्क बीमा सुविधा सुरु गरेको घोषणा गरेको छ।

कम्पनीका अनुसार यस पहलले सुरक्षित शहरी यातायातप्रति आफ्नो प्रतिबद्धता झन् बलियो बनाएको छ।

यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत हुने हरेक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ।

प्रति राइड अधिकतम १० लाख रुपैयाँसम्मको बीमा कभरेज उपलब्ध हुनेछ।

यो बीमा सेवा United Ajod Insurance Limited ले प्रदान गर्नेछ भने Khalti को सुरक्षा सेवाले सहयोग गरेको छ।

चालकका लागि राइड स्वीकार गरेदेखि बीमा लागू हुन्छ।

यात्रुका लागि भने पिकअपदेखि यात्रा समाप्त नभएसम्म बीमा कभरेज रहनेछ।

यो सुविधा डेलिभरी अर्डर पूरा गर्ने कुरियर पार्टनरहरूमा पनि लागू हुनेछ।

दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजातसहित बीमा कम्पनीमा दाबी गर्न सकिने व्यवस्था गरिएको छ।

सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिने कम्पनीले जनाएको छ।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार चालक, कुरियर र यात्रुको सुरक्षा कम्पनीको मुख्य प्राथमिकता हो।

उनले निःशुल्क इन–राइड बीमा सुरु भएपछि सबैले अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्ने बताए।

यो सुविधा प्रयोगकर्ता, चालक र कुरियरलाई कुनै अतिरिक्त शुल्क नलिई उपलब्ध गराइएको हो।

नेपालमा बढ्दै गएको राइड–हेलिङ बजारमा यो कार्यक्रमले याङ्गो राइडलाई अझ विश्वसनीय सेवाप्रदायक बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *